-->
२० वर्षे छात्राको अंगालोमा कीर्तिमानी बोल्ट

भदौ ६ – जमैकाका कीर्तिमानी धावक उसेन बोल्टले ओलम्पिक सफलता २० वर्षकी छात्रासँग मनाएका छन् । रियो ओलम्पिकमा एक सय मिटर, दुई सय मिटर र ४ गुणा एक सय मिटरमा स्वर्ण जितेका बोल्टले आइतबार रियोकी २० वर्षकी छात्रासँग समय बिताएका हुन् ।
लगातार तीन ओलम्पिकमा तीन स्पर्धामा स्वर्ण पदक जितेका बोल्टले रियोकी जाडी डुआर्टेसँग रात बिताएको डेलिमेल अनलाइनले लेखेको छ । जाडीले बोल्टसँग बिताएको अन्तरंग समयको तस्बिर ह्वाट्सएपमा पोस्ट गरेकी छन् । पार्टीपछि बोल्ट र जाडीले सँगै समय बिताएका हुन् । 
तस्बिर जाडी बोल्टको अंगालोमा छिन् । जमैकाका धावक बोल्ट आइतबार ३० वर्षमा प्रवेश गरेका छन् । बोल्टकी बहिनीले केही सयम अघि मात्रै बोल्टको प्रेमिका रहेको बताएका थिइन् । बोल्ट गएको दुई वर्षदेखि २६ वर्षकी कासी बेनेट्टसँग प्रेम सम्बन्धमा रहेका छन् । ujyalo 90network 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.